सनराइज बैंकद्वारा ग्राहकहरुलाई इजि केयरबाट गरिने औषधि खरिदमा २२% सम्मको छुट

ज्ञानमाण्डू । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर औषधि तथा आवश्यक मेडिकल किट  खरिद गर्दा २२% सम्म छुट र CASH BACK दिने व्यवस्था गरेको छ । ग्राहकहरुको स्वास्थ्य, सेवा र सुविधालाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि इजि केयरमा गरिएको खरिदका लागि सनराइज बैंकको क्यू.आर कोड (QR CODE) तथा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी आवश्यक औषधि खरिद तथा Blood Test from home सुबिधा लिने ग्राहकहरुलाई १२ प्रतिशत छुट र १० प्रतिशत वा ५०० रुपैयाँसम्म CASH BACK प्रदान गर्नेछ । त्यसका साथै ग्राहकहरुले बैंकको कार्ड वा क्यू.आर कोड प्रयोग गरी आवश्यक मेडिकल किट जस्तै मास्क, पन्जा, सेनिटाइजर, स्प्रे तथा अन्य सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको विशेष छुट पनि पाउन सक्नेछन् ।
अवस्थाको जटिलता तथा ग्राहकहरुको सहजता, सुविधा र सुरक्षालाई ध्यानमा राखेर बैंकले काठमाडौं अरगेनिक (Kathmandu Organic), नेप मेड्स (Nep Meds Pvt. Ltd.), मेरो किराना (Mero Kirana) र फुडमाण्डुमा (Foodmandu) आवश्यक सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्म Cash Back पाउन सक्ने व्यवस्था गरेको छ ।

घरमा नै सुरक्षित बसी DIGITAL BANKING सुविधाको उपभोग गर्न बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ । साथै  बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी ए.टि.एम नेटवर्क, अनलाइन बैंकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x