४९ दिन पश्चात खुल्याे धितोपत्र बजार, नेप्से १२२६.१५ अङ्कमा

ज्ञानमाण्डू। लकडाउनसँगै बन्द रहेकाे शेयर बजार २०७७/०१/३० गतेबाट सूचारु भएको छ। नेपाल स्टक एक्स्चेन्जले एक सूचना जारी गर्दै बिहान ११ बजे देखि अपरान्ह १ बजेसम्म २ घण्टा बजार खाेल्ने जनाएको थियाे । ४९ दिन पश्चात खुलेकाे धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक २ प्रतिशत भन्दा बढीले घटेपछि नेपाल स्टक एक्स्चेन्जद्वारा निर्देशनमा तोकिएको शर्त अनुसार बजार बन्द भएको हो। आज नेप्से २५.३० अङ्कले घटेर १२२६.१५ पुगेको छ ।

आज सबै उपसमूहहरू घटेका छन् । बैकिंग उपसमूह २६.११ अङ्कले, विकास बैंक उपसमूह १५.३६ अङ्कले, फाइनान्स उपसमूह ३.२७ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १८.०५ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १५७.७८ अङ्कले, होटेल उपसमूह ३.३८ अङ्कले, हाइड्रोपावर उपसमूह १५.३५ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ७२.३३ अङ्कले, उत्पादन उपसमूह ३४.४६ अङ्कले, म्यूचुअल फंड उपसमूह ०.०१ अङ्कले र अन्य उपसमूह्र १९.४२ अङ्कले घटेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x