INTELEXPRESS र जि.एम.इ रेमिट बिच विप्रेषण सम्झौता

ज्ञानमाण्डू।JSC MFI Intelexpress र जी.एम.इ रेमिट प्रा.लि बिच विप्रेषण सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जी.एम.इ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक श्री दिवाकर पौडेल र JSC MFI Intelexpress को तर्फबाट प्रमुख निर्देशक श्री David Tavartkiladze ले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात् मिति:२०७६/११/१२ गते देखि Intelexpress मार्फत विश्व भरीबाट पठाएको रकम जी.एम.इ रेमिट को ८००० भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिनेछ । 

हाल जी.एम.इ रेमिटले दक्षिण कोरिया, अमेरिका, यु.के, मलेसिया, जापान लगायत खाडी मुलुकहरू बाट रेमिट्यान्स कारोबार गर्दै आएको कुरा कम्पनीले प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x