टर्कीमा आएको भूकम्पमा परी सातको मृत्यु

ज्ञानमाण्डू।टर्कीमा आएको भूकम्पमा परी आइतबार कम्तीमा सात जनाको मृत्यु भएको छ । 

टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमन सोयलुले दिएको जानकारीअनुसार मृत्यु भएका मध्ये तीन जना बालबालिका रहेका छन् । 

भूकम्पका कारण अरु पाँच जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको पनि मन्त्री सोयलुले बताए । 

मन्त्री सोयलुले भूकम्पपछि भत्किएका भौतीक संरचनामा अरु केही व्यक्ति पुरिएको हुनसक्ने आशंका गरिएको पनि जानकारी दिए । पुरिएकाको खोजीकार्य भइरहेको पनि उनले बताए । 

छिमेकी मुलुक इरानसँग सिमाना जोडिएको टर्कीको पूर्वीक्षेत्रमा पर्ने सराएलाई केन्द्रविन्दु बनाएर ५.७ म्याग्नीच्युडको भूकम्प गएको हो । अमेरिकी भौगर्भिक सर्भेले आइतबार बिहान भूकम्प गएको जनाएको छ । 

उक्त भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको थियो ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x