मल र विषादी छर्न ‘ड्रोन’ प्रयोग गरिँदै

ज्ञानमाण्डू।अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याइ दाङको बेलझुण्डीमा शनिबारदेखि सुरु भएको प्रदेश एक्स्पोमा राखेको छ । 

आधुनिक शैलीबाट खेती गर्न उक्त ड्रोन भित्र्याएको प्रदेश नं ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती गिरीले जानकारी दिए । “हामीले कृषिमा आधुनिकीकरण गर्न खोजिरहेका छौँ, हामीले अहिले मल र विषादी छर्नका लागि ड्रोन भित्र्याएका छौँ”, उनले भने, “यसले किसानलाई धेरै सहजता ल्याउँछ ।”

ड्रोनबाट मल तथा विषादी छर्ने प्रविधि सबै किसानको घरमा पुर्‍याउने मन्त्रालयले योजना बनाएको जनाइएको छ । एक्स्पोमा प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु पनि राखिएको छ । 

ज्येष्ठ नागरिकलाई घरघरै उपचार:

नुवाकोटको विदुर नगरपालिकाले आफ्ना १३ वटै वडामा निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य अभियान सञ्चालन गरेको छ । नगरपालिका कार्यालयले ज्येष्ठ नागरिकको सामान्य उपचारका लागि पनि धाएर सदरमुकाम आउनुपर्ने बाध्यता न्यूनीकरण गर्ने उद्देश्यले शिविर सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए ।

“विदुर नगरपालिकाको स्वास्थ्य शाखामा रहेका कर्मचारी, वडावडाका स्वास्थ्यचौकीहरुमा रहेका स्वास्थ्यकर्मीलगायतलाई परिचालन गरी प्रत्येक वडाका नागरिक र ज्येष्ठ नागरिकहरुलाई घरघरमै गई उपचार गर्ने अभियान चालेका छौँ”, प्रमुख पण्डितको भनाइ छ । 

शिविरमा ज्येष्ठ नागरिकको उच्च रक्तचाप, ज्वरो, रुवाखोकी, मधुमेह, पक्षाघात, हृदयाघात, मिर्गाैलालगायत जाँच र उपचार निःशुल्क हुनेछ । नगरपालिकाका उपप्रमुख गीता दाहालले घरघरमै गएर उपचार गर्दा ज्येष्ठ नागरिकलाई केही राहत मिल्ने बताए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x