आरएसडिसी लघुवित्तको नाफामा ४८.४५ प्रतिशतको वृद्धि, प्रतिशेयर आम्दानी पनि बढ्यो

ज्ञानमाण्डू। आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ४८.४५ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा लघुवित्तले ९ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा लघुवित्तले १३ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

८० करोड ५१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको आरएसडिसी लघुवित्तले ५ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले ४ अर्ब ६४ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा २१ करोड ३ लाख रुपैयाँ रहेको छ ।

आरएसडिसी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४६.३६ प्रतिशतले बढेर २३ करोड ८२ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ छ र पछिल्लाे काराेबार मूल्य रू ५७२ काे आधारमा मूल्य आम्दानी अनुपात ३४.०७ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x