बुद्धिचालको उपाधि हेटौडाका थापालाई

ज्ञानमाण्डू।पोखरा महोत्सवका अवसरमा आयोजना गरिएको बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौडाका कृष्ण थापाले जित्न सफल भएका छन्  । ५.५ अङ्क प्राप्त गर्दै थापाले उपाधिसँगै नगद रु २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्  । एसियन एमेच्योर रहेका थापाले २०५६ देखि २०६१ सम्म नेपालको राष्ट्रिय बुद्धिचालमा दोस्रो स्थान हासिल गरेका थिए भने हाल इलामको गजुरमुखी क्लबबाट चेस खेल्दै आएका छन् । 

त्यसै गरी प्रतियोगितामा पाँच अङ्कसहित महेश्वर अधिकारी दोस्रो भएका छन् । उनले नगद रु १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । बुद्धिराज शर्माले ४.५ अङ्कसहित तेस्रो स्थान हासिल गर्दै रु १० हजार पाएका छन् । अनिल कोइराला चार अङ्कसहित चौथो र विनोद नाल्मी चार अङ्कसहित पाँचौँ भएका छन् । 

दशौँ स्थानसम्म पर्न सफल सागर साई, विश्व पराजुली, युवराज भण्डारी, रामबहादुर क्षेत्री, वीरबहादुर परियारले जनही एक हजार नगद जित्न सफल भएका हुन् । विजेतालाई युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङले पुरस्कार प्रदान गरेका हुन् । प्रतियोगितामा ३० खेलाडीको सहभागिता थियो।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x