चिसो बढेपछि विद्यालय दुई दिन बन्द

ज्ञानमाण्डू।अत्यधिक चिसो बढेपछि दाङको घोराही उपमहानगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । 

चिसोका कारण बालबालिका विद्यालय जान नसक्ने गरी प्रभावित भएकाले नगरपालिकाले बिहीबार (आज) र शुक्रवार विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाले बुधवार एक सूचना जारी गर्दै वर्षे बिदा कट्टी हुने गरी बिहीबार र शुक्रवार बिदा दिएको जनाएको छ । महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जारी गर्नुभएको सूचनामा चिसो बढेका कारण नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय दुई दिन बन्द गरिएको उल्लेख छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x