शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण प्रदान

ज्ञानमाण्डू। भक्तपुर नगरपालिकाले नगरवासी विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्न सम्झौता सुरु गरेको छ । 

गरिब र इमानदार ९१ विद्यार्थीलाई चालू आर्थिक वर्षमा ऋण उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । नगरप्रमुख सुनिल प्रजापतिले कार्यक्रमको मङ्गलवार शुभारम्भ गर्दै ऋणको सही सदुपयोग गर्न विद्यार्थी एवं अभिभावकलाई आग्रह गरे । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको चौथो नगर सभाले शैक्षिक ऋण वितरण गर्ने नीति पारित गरी गत वर्षदेखि नै कार्यान्वयनमा ल्याएको थियो । 

कार्यक्रममा –९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले वर्षदेखि नगरपालिकाभित्र स्थायी बसोबास गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर छ प्रतिशत ब्याजदरमा रु पाँच लाखसम्मको रकम वितरण गर्दै आएको जानकारी दिए । नगरपालिकाले शैक्षिक ऋण दिन निर्देशिका तयार गरेको छ । 

नगरपालिकाले गत आव २०७५/७६ मा ३७ नगरवासी विद्यार्थीसँग शैक्षिक ऋणको सम्झौता गरेको थियो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x