काठमाडौँ म्याराथन पुस ५ गते हुने

ज्ञानमाण्डू।प्रो स्पोर्टस् प्रालीको आयोजनामा हुने १३औँ संस्करणको काठमाडौँ म्याराथन प्रतियोगिता यही पुस ५ गते हुने भएको छ ।

प्रतियोगिताका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले ७ स्पर्धामा प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला हुने बताए । 

प्रदेश ३ का पर्यटन मन्त्री अरुणप्रसाद नेपालले प्रतियोगितालाई काठमाडौँ बाहिर पनि लैजानुपर्ने सुझाव दिए । प्रतियोगितामा महिला र पुरुषको म्याराथन, हाफ म्याराथन, पाँच किमीको खुला दौड, कर्पोरेट रिले, पाँच किमीकै छात्रा र छात्र दौड र तीन किमीको ह्वीलचेयर दौड हुनेछ । त्यस्तै यस पटकको म्याराथनमा फेमिली दौड पनि समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

म्याराथन त्रिपुरेश्वरबाट सुरु भएर थापाथली हुँदै कुपण्डोल, पाटन ढोका, युएन पार्क, शङ्ख मूल, बानेश्वर, तीनकुने हुँदै कोटेश्वर चोक घुमेर विमानस्थल, गौशाला, पशुपति, रातो पुल, नक्साल, भाटभटेनी, बालुवाटार, लैनचौर, नारायणहिटी, दरबारमार्ग, घण्टाघर, भद्रकाली र शहीद गेट हुँदै दशरथ रङ्गशालामा पुगी समाप्त हुने छ । यस्तै हाफ म्याराथन त्रिपुरेश्वरबाट शुरुभई थापाथली, माइतीघर, सिंहदरबारको दक्षिणी गेट, हनुमान थान, अनामनगर, प्रदर्शनी मार्ग, भद्रकाली, शहीद गेट हुँदै रङ्गशालामा आएर सकिनेछ ।

म्याराथन तर्फ महिला र पुरुष दुवै स्पर्धाका विजेता खेलाडीले रु ५० हजार, दोस्रो हुने खेलाडीले रु २० हजार तथा तेस्रोले रु १५ हजार प्राप्त गर्नेछन् । त्यस्तै हाफ म्याराथनतर्फ महिला पुरुष दुवैको विजेताले रु २० हजार, दोस्रोले १३ हजार र तेस्रो हुने खेलाडीले रु सात हजार पाउनेछन् । पाँच किमीको खुला दौडको विजेताले रु १० हजार, दोस्रोले रु छ हजार र तेस्रो हुने खेलाडीले रु चार हजार प्राप्त गर्नेछन् । 

कर्पोरेट रिलेतर्फको विजेताले रु २० हजार, दोस्रोले १० र तेस्रो हुने खेलाडीले रु पाँच हजार प्राप्त गर्नेछन् । पाँच किमीकै छात्रा र छात्र दौड र तीन किमीको ह्वीलचेयर दौडको विजेताले रु पाँच हजार, दोस्रोले तीन हजार र तेस्रो हुने खेलाडीले रु दुई हजार प्राप्त गर्नेछन्। त्यसै गरी फेमिलीतर्फको दौडको विजेताले रु १० हजार, दोस्रोले रु पाँच हजार तथा तेस्रो हुनेले रु तीन हजार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।रा.स.स 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x