सामाजिक सुरक्षा योजना कार्यान्वयनमा महासंघ प्रतिबद्ध छ– उपाध्यक्ष ढकाल

ज्ञानमाण्डू।नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले रोजगारदाताको संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्ने काममा प्रतिबद्धताका साथ लागिपरेको बताएका छन् ।

सामाजिक सुरक्षा दिवस, २०७६ को अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासङ्घ, रोजगारदाता परिषद्का सभापतिको हैसियतले सम्बोधन गर्दै उनले सामाजिक सुरक्षा प्रणाली लागु गर्ने क्रममा केही व्यवहारिक कठिनाइहरू देखिएको भए पनि तिनको सम्बोधन गर्दैअघि बढ्नुपर्ने बताए ।

सभापति ढकालले श्रमजीवी वर्गको सुरक्षा र सुनिश्चित भविष्यको लागि प्रारम्भ भएको सामाजिक सुरक्षा योजना वारे व्यापक जानकारी सहित यसको प्रभावकारी कार्यान्वयनमा नेपालका उद्योगी व्यवसायीहरू लागिपरेको स्पष्ट गरे ।

नेपालको एक जना उद्यमी ढकालले, हामी सामाजिक सुरक्षा योजना सञ्चालनको सुरु अवस्थामा छौँ, यो महत्त्वपूर्ण प्रणालीको सुरुवात गर्दा केही अप्ठेरो आउनु स्वाभाविकै हो तर यस योजनामा रोजगारदाता र श्रमिकको सूचीकरण सङ्ख्या र केही रोजगारदाता वाट योगदान रकम जम्मा गर्न सुरु भइसकेको अवस्थालाई सकारात्मक रूपमा लिनुपर्ने बताए ।

आइएमइ समूहका अध्यक्ष ढकालले सामाजिक सुरक्षा योजना वारे बुझाउन समय लागेकोले पनि सूचीकरण प्रक्रियामा केही ढिलाइ भएको बताए । उनले थप स्पष्ट पार्दै, सूचीकरणको सङ्ख्या कम भयो भनेर अहिले नै चिन्ता गर्नुपर्ने स्थिति नरहेको प्रस्तावित सामाजिक सुरक्षा योजनाका बारेमा रोजगारदाता र श्रमिक सबैलाई प्रस्टसँग बुझाउन सक्नुपर्ने जनाए ।

योगदान कर्तालाई सामाजिक सुरक्षा योजनाबाट प्राप्त गर्ने सुविधा वारे बुझाउन सकिएन भने थप जटिलता आउन सक्ने तथ्यलाई मनन गरी यसको अवधारणलाई नेपालको परिवेश अनुसार अघि बढाउनु पर्ने उनले सुझाव दिए । 

हाल प्रचलनमा रहेको सामाजिक सुरक्षासम्बन्धी व्यवस्थालाई एकीकृत रूपमा सामाजिक सुरक्षा योजनाअन्तर्गत कार्यान्वयन गर्ने काम चुनौतीपूर्ण नै रहेको उनले बताए । उनका अनुसार, भइरहेको नयाँ प्रस्तावित योजनालाई मिलाएर लैजाने काम एउटा निर्णय र विधि वाट सम्भव छैन, व्यवहारिक ताको समाधान खोजी यसको सहज र प्रभावकारी कार्यान्वयनमा सबैको सहयोग आवश्यक छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष ढकालले, सामाजिक सुरक्षा हामी सबैको साझा लक्ष्य रहेको बाताउदै, रोजगारदाताको संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ यसको सफल कार्यान्वयनको लागि प्रतिबद्ध रहेको जनाए ।

नेपाल सरकारले यो कार्यक्रम लागू गरेको आज वर्ष दिन पुगेको अवसरमा सामाजिक सुरक्षा दिवस मनाउन आज राजधानीमा यो कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रममा उप प्रधानमन्त्री शिक्षामन्त्री ईश्वर पोखरेल, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव, नेपाल सरकारका सचिवहरू, नेपाल उद्योग वाणिज्य महासङ्घका नेताहरू लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x