दुई खेल सकिदा पनि चेल्सी अझै जित विहीन

ज्ञानमाण्डू।इन्ग्लिश प्रिमियर लिग फुटबल इन्ग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत उपाधि दाबेदार क्लब चेल्सी बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा चेल्सी लेष्टर सिटीसँग १-१ गोलको बराबरीमा रोकिएको हो । प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग ४–० अन्तरले हार बेहोरेको चेल्सी आइतबार लेष्टर सिटीसँग बराबरीमा टुङ्गिन पुग्यो ।

खेलको सातौँ मिनेटमा मासोन माउन्टले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । माउन्टकै गोलबाट चेल्सीले पहिलो हाफसम्म १-० गोलको अग्रता बनायो । तर, खेलको ६७ औँ मिनेटमा लेष्टरका लागि एनडीडीले जवाफी गोल फर्काउन खेल बराबरीमा टुङ्गियो ।

लिगको दुई खेल सकिदा पनि चेल्सी अझै जित विहीन रहेको छ । बराबरीसँगै चेल्सीले नयाँ सिजनको २ खेलपछि पहिलो एक अङ्क जोडेको छ । त्यस्तै, लेष्टरको भने यो दोस्रो बराबरी हो । पहिलो खेलमा लेष्टरले वुल्भ्ससँग गोलरहित बराबरी खेलेको थियो । लेष्टरले २ खेलबाट २ अङ्क जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x