नेपाल फाईनान्सकाे हकप्रद शेयर आज देखि लिलामी मार्फत विक्रीका लागि खुला


ज्ञानमाण्डू। नेपाल फाईनान्स लिमिटेडको हकप्रद शेयर असार १७ (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएकाे छ।

कम्पनीले जेठ ६ गतेदेखि २६ गतेसम्म १ बराबर शुन्य दशमलव ७० को अनुपातमा प्रति शेयर रु.१०० अङ्कित दरकाे ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद साधारण शेयर निष्कासन गरेको थियो। उक्त शेयरको आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँड भई बाँकि रहेको १४ लाख ३९ हजार ४१२.२७५ कित्ता वितरण हुन नसकेको कम्पनीले जनाएकाे छ।

लिलामी मार्फत विक्री हुन लागेकाे कम्पनीकाे १४ लाख ३९ हजार ४१२.२७५ कित्ता शेयरकाे मूल्य प्रति कित्ता न्युनतम रु.१०० तोकिएको छ। उक्त हकप्रद शेयरहरु खरीद गर्ने इच्छुक विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले असार २४ गते सम्ममा बोलपत्र आवेदन पेश गर्न सक्ने कम्पनीले जनाएकाे छ।

सो कम्पनीको कुल शेयरमध्ये संस्थापक तर्फको शेयर ११ लाख ३६ हजार ७१६ दशमलव १८७ कित्ता रहेको छ भने सर्वसाधारणतर्फको शेयर ३ लाख २ हजार ६९६ दशमलव ०८८ कित्ता रहेको छ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ र आवेदकले तोकिएको वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने कम्पनीले बताएकाे छ ।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्रि प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। उक्त कम्पनीको हकप्रद शेयर खरिदका लागि प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डाैँ र तोकिएका अन्य कार्यालयहरूबाट आवेदन पेस गर्न सकिनेछ।

त्यसका साथ-साथै नेपाल फाईनान्स लिमिटेडको मुख्य शाखा कार्यालय तथा वित्तीय संस्थाको शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त कुनै बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन पेस गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x