रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले आज विशेष साधारण सभा गर्दै


ज्ञानमाण्डू। रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले असार १७ गते (आज) विशेष साधारण सभा गर्दै छन्। रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले विशेष साधारण सभा कम्पनीको कर्पोरेट कार्यालय थापाथली, काठमाडौंमा दिउँसाे १:३० बजे देखि अनलाइन (Zoom Cloud Meetings) को माध्यमबाट भच्र्युल रूपमा आरम्भ हुने जानकारी दिएको छ भने रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले सोही स्थानमा अनलाइन (Zoom Cloud Meetings) को माध्यमबाट भच्र्युल रूपमा आरम्भ हुने जानकारी दिएको छ।

रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडलाई गाभ्ने विशेष प्रस्ताव विशेष साधारण सभाको बैंठकले पारित गर्नेछ । त्यसै गरी रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका शेयरधनीहरूलाई १०० कित्ता बराबर उक्त कम्पनीकाे ९३ कित्त शेयर (१:०.९३) प्रदान गर्ने गरी रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडलाई गाभ्ने र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडकाे सम्पूर्ण सम्पत्ति तथा दायित्व स्विकार्ने स्वीकृति पनि सोही विशेष साधारण सभाले पारित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x