ग्लोबल आइएमई बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेसनबाट रु. २.२ अर्ब ऋण भित्र्याउने

ज्ञानमाण्डू।ग्लोबल आइएमई बैङ्क र इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आइएफसी)बिच बुधवार २ अर्ब २० करोड नेपाली रूपैंयाको हाराहारीमा ऋण ल्याउने सम्बन्धमा दुवै बैङ्कका अधिकारी, ग्लोबल आइएमई बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदबीच बुधवार बैङ्कमा आयोजित एक समारोहकामा सम्झौता भएको बैङ्कले जनाएकाे छ ।
 

सम्झौता अनुसार, नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति पश्चात् हाल बैङ्किङ क्षेत्रमा देखिएको लगानीयोग्य पूजिँको अभावलाई केही कम गरी ग्लोबल आइएमई बैङ्कले दुई करोड अमेरिकी डलर (करिब दुई अर्ब बिस करोड नेपाली रुपैयाँ) बराबरको रकम साना तथा मझौला उद्योग, पर्यटन, कृषि तथा विभिन्न क्षेत्रहरूमा लगानी गर्ने कुरा पनि बैङ्कले जनकारी दीएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x