कामना सेवा विकास बैङ्कको एकै दिन दुई नयाँ शाखा शुभारम्भ

ज्ञानमाण्डू। कामना सेवा विकास बैङ्क लिमिटेडले एकै दिन दुई नयाँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बैङ्कले प्रदेश नं. १ को मोरङ जिल्लाको मिक्लाजुङ्ग गाउँपालिका वडा न. ०९, मधुमल्ला र केराबारी गाउँपालिका वडा न. १०, केराबारीमा ९० औँ र ९१ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।
बैङ्कका सञ्चालक देव कृष्ण काफ्ले तथा प्रदेश प्रमुख सुजन छराङ राईले संयुक्त रूपमा नयाँ शाखाहरूको कारोबार शुभारम्भ गरेका हुन् ।

सोही क्रममा सञ्चालक देव कृष्ण काफ्लेले यी शाखा समेत गरी प्रदेश नं. १ मा ११ शाखा पुगेको र थप शाखाहरू पनि शीघ्र सञ्चालनमा आउने बताउँदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्र पूर्व नेपालमा शाखा विस्तारले व्यापार प्रवर्धनमा पनि गति मिल्ने बैङ्कले विश्वास लिएको बताए ।
बैङ्कले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत् शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरूलाई उच्च स्तरको बैङ्किङ सेवा सुविधाहरू उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x