सान्जेन जलविद्युत कम्पनी लिमिटेडको शुक्रवारदेखि आईपिओ निष्कासन

ज्ञानमाण्डू। सान्जेन जलविद्युत कम्पनी लिमिटेडले वैशाख ६ गते शुक्रवारदेखि आई पिओ निष्कासनको बिक्री खुला गर्ने भएको छ ।

यस आईपिओमा जम्मा रकम रु.५४,७५,००,००० बराबरको प्रति शेयर रु.१०० अङ्कित दरको ५४,८५,००० कित्ता निष्कासन गरेको छ जस मध्ये २,१९,००० कित्ता कर्मचारीहरूलाई र २,७३,७५० कित्ता शेयर सामूहिक लगानी कोसहरूका लागि सुरक्षित गरिएको छ र बाँकी ४९,८२,२५० कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्नेछ ।

यस आई पिओ छिटोमा वैशाख १० गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा जेठ ०५ गते सम्म खुला रहनेछ । इच्छुक लगानीकर्ताले आवेदनको लागी मेरो शेयर सफ्टवेयर तथा धितोपत्र बोर्डबाट आस्बा अनुमति पाएका सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाबाट आवेदन भर्न सक्नेछन् । आईपिओमा न्यूनतम १० कित्ता देखि नै आवेदन दिन सकिने छ ।

इक्रा नेपालले कम्पनीको आईपिओलाई कमजोर आधारहरू जनाउने इक्राएनपी आई पिओ ग्रेड ४ं रेटिङ्ग प्रदान गरेको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नागरिक लगानी कोषलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x