स्माटच्वाईस टेक्नोलोजिज र मोरू डिजिटल वालेटवीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालन



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र मोरु डिजिटल वालेट बिच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।


बिगत २० वर्षदेखि नेपाली मन र मुटुमा राज गर्दै कार्ड लगायत भुक्तानीका बिभिन्न सेवा दिदै आएका स्मार्टच्वाईस टेक्नोलोजिज र विश्वसनीय र सरल भुक्तानी सेवा दिने अठोट बोकेको मोरू डिजिटल वालेट बिच भएको यो सहकार्यले मुलुकको डिजिटल भुक्तानीको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको कम्पनीले जनाएकाे छ ।


यस सम्झौतासंगै पाँच लाख मोरू वालेट प्रयोगकर्ताले १६०,००० स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन भने मोरू वालेट मार्फत बिभिन्न ब्यापार-ब्यबसाय मा संलग्न व्यबसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सकिने
कम्पनीले जनाएकाे छ । उत्कृष्ट प्रविधिले बनेको फाइनान्सियल स्विच मार्फत कारोबारको भुक्तानी तथा फर्स्योट गर्ने भएकाले इ.एम.भि स्ट्यान्डर्डमा आधारित स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने कम्पनीले बताएकाे छ


पे नेप (मोरू) कोे कार्यलयमा आयोजित कार्यक्रमका विच स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र पे नेप (मोरू वालेट) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशितोष साह बिच स्मार्ट क्यूआर सेवा संचालन सम्झौतामा हस्ताक्षर भएको
कम्पनीले जनाएकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x