सयपत्री हाइड्रोपावर कम्पनीको आईपीओ आजबाट खुल्ला, क-कसले दिन पाउँछ आवेदन ?


ज्ञानमाण्डू। सयपत्री हाइड्रोपावर लिमिटेडले आज (असार २) देखि आईपीओ विक्री खुल्ला गर्ने भएको छ ।कम्पनीले प्रभावित क्षेत्र अर्थात् बाग्लुङ्ग जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरूका लागि आईपीओ विक्री गर्न लागेको हो।

कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता ३० हजार (३०,०००) तोकेको छ। सो कम्पनीले प्रतिशेयर रु.१०० अङ्कित दरका ३ लाख कित्ता साधारण शेयरको आईपीओ विक्री गर्न लागेको हो।

सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) असार १६ रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा स्थानीयले ढिलोमा असार ३१ गते सम्म आवेदन पेस गर्न सक्नेछन्।

कम्पनीको आईपीओ खरिद गर्नको निम्ति आवेदकले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआईबिएल एस क्यापिटल लिमिटेड, काठमाडौंबाट र यसका साथ-साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिऋी प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x