आज नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडले ७३औँ वार्षिक साधारण सभा गर्दै


ज्ञानमाण्डू। नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडले जेठ ३० गते (आज ) ७३औँ वार्षिक साधारण सभा गर्दै छ । कम्पनीले साधारण सभा नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

साे सभामा कम्पनीले सञ्चालक समितिको प्रस्तावबमोजिम हाल कायम चुक्ता पुँजीको कुल ११ प्रतिशतले हुन आउने लाभांश (बाेनश शेयर) र ०.५७८९ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव पारित गर्ने छ भने सभाले आर्थिक वर्ष (आ.व.) २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७८/०७९ को लेखापरीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि सोही सभाले पारित गर्ने छ।

अन्य प्रस्तावमा सञ्चालक समितिमा संस्थापक शेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने दुई जना र सर्वसाधारण शेयरधनी समुहबाट दुई जना सञ्चालकहरूकाे निर्वाचन गर्ने प्रस्ताव पनि साेही सभाले पारित गर्नेछ ।

कम्पनीले साधारण सभाको प्रयोजनका लागि जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म तेह्र दिनक लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा जेठ १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x