एक हप्ताकाे अवधिमा वाणिज्य बैङ्कहरूको निक्षेपमा ८ अर्बको वृद्धि, सिडी रेसियोमा ०.२९ प्रतिशतकाे गिरावट

 

असाेज २१ गते देखि असाेज २८ गते सम्म वाणिज्य बैङ्कहरूको निक्षेप ८ अर्बले बढेकाे छ। नेपाल बैंकर्स एसोसिएसनका अनुसार असाेज २८ गते सम्म वाणिज्य बैङ्कहरूकाे निक्षेप ४५ खर्ब १९ अर्ब पुगेको थियो भने सोही अवधिमा वाणिज्य बैङ्कहरूले ४१ खर्ब ९३ अर्ब कर्जा प्रवाह गरेका थिए। समीक्षा अवधिमा कर्जा प्रवाह यथावत नै रहेकाे थियाे भने औसतमा कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ८६.९६ प्रतिशत रहेकाे थियो।


त्यस्तै भाद्र मसान्त र असाेज २८ काे तुलनामा वाणिज्य बैङ्कहरूकाे निक्षेपमा ३३ अर्बकाे वृद्धि देखिएको थियाे भने साेही अवधिसम्म कर्जा प्रवाहमा ३ अर्बकाे वृद्धि भएकाे थियाे। भाद्र मसान्तसम्म वाणिज्य बैङ्कहरूको निक्षेप ४४ खर्ब ८६ अर्ब पुगेकाे थियाे भने कर्जा रकम ४१ खर्ब ९० अर्ब थियो ।

असाेज २८ गते वाणिज्य बैङ्कहरूको कुल निक्षेप ४४ खर्ब ०२ अर्ब (स्वदेशी मुद्रा) र १ खर्ब १७ अर्ब (विदेशी मुद्रा) रहेकाे थियाे भने ४१ खर्ब ६३ अर्ब (स्वदेशी मुद्रा) र ३० अर्ब (विदेशी मुद्रा) मा कर्जा प्रवाह भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x