डिप्रोक्स लघुवित्तले ५० जना कर्मचारीहरू माग्याे, SLC/SEE, +2 पासका लागि सुनौलो अवसर

deprosc laghubitta job vacancy

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोबार गर्न ईजाजतपत्र प्राप्त हाल ७१ जिल्लामा १४९ शाखाहरू मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको राष्ट्रियस्तरको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले देहाय बमोजिमका योग्यता पुगेका ग्रामीण क्षेत्रमा काम गर्न प्रतिवद्ध ईच्छुक तथा अनुभवी नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस वित्तीय संस्थाको कर्पोरेट कार्यालय सितापाईला, काठमाण्डौं वा ईमेल [email protected] मार्फत आईपुग्ने गरी आफ्नो योग्यता, अनुभव, नागरिकता प्रमाणपत्रको प्रतिलिपि स्वयम् प्रमाणित गरी साे वित्तीय संस्थाले तोकेको ढाँचामा रितपुर्वक दरखास्त आह्वान गरेकाे छ ।

१. बिज्ञापन नं. : १४/२०७८/०७९ (खुला)

(क) पद: कनिष्ठ कार्यक्रम सहायक
(ख) आवश्यक संख्या : ५०
(ग) श्रेणी: सहायक

२. न्यूनतम शैक्षिक योग्यता :
मान्यता प्राप्त शिक्षण संस्था/बोर्डबाट न्यूनतम एस.एल.सी./एस.ई.ई. वा सो सरहको परीक्षा उत्तीर्ण भएको हुनु पर्नेछ । नेपाल बाहिरको शैक्षिक संस्थाबाट उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र भएमा समकक्षता प्रमाणपत्र (Equivalence Certificate) समेत पेश गर्नु पर्नेछ । प्रविणता प्रमाणपत्र तह वा स्नातक उत्तीर्ण गरेका उमेदवार लाई प्राथमिकता दिइनेछ ।

३. अनुभव :
दरखास्त दिने अन्तिम मितिमा यस वित्तीय संस्थाले सञ्चालन गरेको लघुवित्त कार्यान्वयन सम्बन्धी प्रशिक्षणमा न्यूनतम ३ महिना वा अन्य लघुवित्त संस्थामा लघुवित्त सञ्चालन सम्बन्धी न्यूनतम ६ महिना कार्य गरेको अनुभव भएको हुनु पर्नेछ । कम्प्युटर सम्बन्धी दक्ष र मोटरसाईकल चालक अनुमतिपत्र प्राप्त भएका उमेदवार लाई प्राथमिकता दिईनेछ ।
४. परीक्षाको किसिम : 
लिखित र अन्तर्वाता हुनेछ ।

५. उमेरः
दरखास्त दिने अन्तिम मितिमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष ननाघेको) हुनु पर्नेछ।

६. छनौट सूची :
रित पर्वक प्राप्त दरखास्तहरू मध्येबाट संस्थाले निर्धारण गरेका मापदण्डको आधारमा छानविन गरी छनौट सूची तयार गरिनेछ । छनौट सूचीमा परेका आवेदकहरूलाई मात्र परीक्षा दस्तुर लिई लिखित परीक्षामा सहभागी गराईनेछ । लिखित परीक्षा हुने मिति, स्थान र समयको सूचना संस्थाको वेबसाईटमा प्रकाशन गरिनेछ ।

७. लिखित परीक्षामा सामेल हुने समयमा रू.३००/०० परीक्षा दस्तुर बुझाउनु पर्नेछ।
८. लिखित परीक्षामा उत्तिर्ण भएका उमेदवारलाई मात्र अन्तर्वार्तामा सहभागी गराईनेछ।
९. अन्तर्वार्ता परीक्षाबाट सफल भएका उमेदवारलाई कनिष्ठ कार्यक्रम सहायक पदमा परीक्षणकालमा नियुक्ति गरिनेछ ।
१०. छनौट भएका उमेदवारहरूले वित्तीय संस्थाको जुनसुकै कार्यालयमा रही काम गर्नु पर्नेछ ।
११. दरखास्त फारम यस वित्तीय संस्थाको वेबसाईट https://www.ddbank.org.np/downloads/NoticeFromHR/vacancyApplication Form.pdf मा बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
१२. पाठ्यक्रम यस वित्तीय संस्थाको वेबसाईट http://www.ddbank.org.np/downloads/NoticeFromHR/SyllabusAll.pdf बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
१३. वित्तीय संस्थाको हितलाई ध्यानमा राखी प्राप्त दरखास्तहरू कारण खोली वा नखोली अस्वीकृत गर्ने वा यस
विज्ञापनलाई रद्द गर्ने सबै अधिकार यस वित्तीय संस्थामा सुरक्षित रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x