नबिल बैंकले सार्वजनिक शौचालय सञ्चालन गर्ने


ज्ञानमाण्डू। नबिल बैंकले काठमाडौँ महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरूका शौचालयहरूलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ ।

काठमाडौँ महानगरपालिका र नबिल बैंकबिच सम्झौता भए सँगै सर्वसाधारणले अब महानगरभित्र रहेका १८ शाखाहरूका शौचालयहरूलाई निःशुल्क रूपमा प्रयोग गर्न सक्नेछन् । नगर कार्यपालिकाको मिति २०७९ जेठ १६ को निर्णयअनुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्‍याउन गरेको काठमाडौँ महानगरको आह्वान अनुरूप नबिल बैंकले आफ्नो ऐक्यबद्धता जनाएको बताएकाे छ ।

महानगरले शौचालय सार्वजनिक प्रयोगको लागि भएको सूचना सहितको संकेतबोर्ड प्रस्ट देखिने गरी बैंकका शाखाहरूमा उपयुक्त ठाउँमा जडान गर्नेछ ।

बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाइ र आवश्यक सामानहरूको व्यवस्था सामाजिक उत्तर दायित्व अन्तर्गत स्वयंले गर्नेछ । साथै शौचालयको नियमित मर्मत, सम्भार र सरसफाइ, पानीको प्रबन्ध, निकासको व्यवस्था दुरुस्त राख्नेछ । बैंकका अनुसार यो सम्झौता पाँच वर्ष अवधिको लागि गरिएको हो ।

नबिल बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाहले महानगरका नवनिर्वाचित मेयरको काठमाडौँलाई व्यवस्थित गर्ने नीति अनुरूप बैंकले पनि एक्यबद्घता जनाएको बताउनु भयो। “नबिलको सँगै अघि बढौँ भन्ने नाराका साथ हामी देश र जनताका लागि सधैँ सँगै अघि बढी रहन्छौँ । नबिल बैंकले दिगो बैंकिङको अवधारणा अनुरूप काठमाडौँको फोहोर मैला व्यवस्थापनमा पनि सहकार्य गर्नेछौँ । ,” उहाँले बताउनु भयो।

महानगरले सञ्चालनमा आएका शौचालयको अनुगमन तथा मूल्याङ्कन प्रत्येक चार चार महिनामा गर्नेछ । यस सम्झौताले आम महानगरको सार्वजनिक शौचालयको सेवालाई चुस्त र व्यवस्थित गर्न मद्दत पुर्‍याउने सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x