मिर्मिरे लघुवित्तको नाफा २ करोड ८२ लाख, प्रतिशेयर आम्दानी कति ?

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा ४९.३८ प्रतिशतले घटेको छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा लघुवित्तले ५ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा लघुवित्तले २ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

५३ करोड १२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको मिर्मिरे लघुवित्तले ८ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, मिर्मिरे लघुवित्तले ५ अर्ब ५३ करोड रुपैयाँ सापटी लिएको छ भने लघुवित्तको जगेडा कोषमा ३० करोड ३१ लाख रुपैयाँ र सञ्चित मुनाफा २२ करोड २७ लाख  रुपैयाँ रहेको छ ।

मिर्मिरे लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३.६० प्रतिशतले बढेर १२ करोड ६१ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ३.४७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २१ रुपैयाँ २८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ०१ पैसा छ र पछिल्लो कारोबार मूल्य रु ८८३ को आधारमा मूल्य आम्दानी अनुपात ४१.४९ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x