वर्ल्ड कप २०२२ को अवसरमा बिजबजारको 'Predict and Win'

ई–कमर्स प्लेटफर्म बिजबजारले फिफा वर्ल्ड कप २०२२ को अवसरमा  'Predict and Win' भन्ने योजना ल्याएको छ। जसमा ग्राहकले बिजबजारको वेबसाइट तथा एप मा विजेता टिम अनि स्कोर को भविष्यवाणी गर्नु पर्नेछ।

यो योजनामा सहभागी हुन बिजबजारको वेबसाइट तथा एप मा लगिन गरी विजेता हुने टिमको झन्डा छान्नु पर्ने छ, त्यसपछि सम्भावित स्कोर पनि लेखेर ‘submit’ गर्नु पर्छ। यदि सही विजेता देश भविष्यवाणी गरेमा  - ५ अङ्क, सही स्कोर लाइन भविष्यवाणी गरेमा  - १० अङ्क र दुवै सही रूपमा भविष्यवाणी गरेमा - १५ अङ्क प्राप्त हुनेछ।

जसअन्तर्गत हरेक दिन सही  भविष्यवाणी गर्ने ग्राहकले भौचर हरू प्राप्त गर्न सक्नेछन्। हरेक हप्ता सबै भन्दा धेरै सही भविष्यवाणी गरी सबै भन्दा धेरै अङ्क पाउने  ग्राहकले आफ्नो मन पर्ने टिमको जर्सी पाउने छन्।

सो योजना सम्बन्धी सम्पूर्ण जानकारी  बिजबजारको वेबसाइट तथा एप मा उपलब्ध रहेको छ भने 'Predict and Win' का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x