मुक्तिनाथ विकास बैंक SAFA BPA अवार्डस्द्धारा “Certificate of Merit” बाट सम्मानित

काठमाडौँमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (SAFA) Best Presented Annual Report अवार्डस २०२१, अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवा (Financial Services) तर्फ बाट “Certificate of Merit”  द्वारा सम्मानित भएको छ ।

दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (SAFA) ले Best Presented Annual Report Award विभिन्न विधाहरूमा प्रस्तुत गरेको थियो । दक्षिण एसियन देशहरू बाट प्रस्तुत गरेका वार्षिक प्रतिवेदनहरू लाई उक्त कार्यका लागि गठन गरेको सोही संस्थाको समितिले मूल्याङ्कनको आधारमा छनोट गरेको हो। विधाहरूमा वित्तीय सेवा क्षेत्र मध्येबाट नेपाल बाट मुक्तिनाथ विकास बैंकले यो सम्मान प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्याङ्कनको लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको हो । उक्त प्रमाणपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले ग्रहण गर्नुभएको थियो । वार्षिक प्रतिवेदन प्रस्तुत गरे बापत बैंकलाई दिने उक्त सम्मानलाई अति प्रतिष्ठित सम्मान मान्ने गरेको छ । यसरी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बैंक सम्मानित हुँदा बैंकमा कार्यरत कर्मचारीहरूलाई थप ऊर्जा मिल्ने बैंकले जनाएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपाल भरी रहेको VISA Network मा आबद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिटेन्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि: ९८०१११००२२, कर्जा सेवाको लागि: ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सक्ने व्यवस्था गरेको बैंकले बताएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x