मेरो माइक्रोफाइनान्सको नाफा ४४ कराेड २२ लाख

Mero Microfinance Laghubitta Bittiya Sanstha Limited

 

ज्ञानमाण्डू। मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाफा ७.२७ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ४७ कराेड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले ४४ कराेड २२ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

 

१ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको मेरो माइक्रोफाइनान्सले १६ अर्ब ४२ करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, मेरो माइक्रोफाइनान्सले १० अर्ब ३९ करोड १५ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ४४ करोड २६ लाख रुपैयाँ रहेको छ।

 

मेरो माइक्रोफाइनान्सको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १४.४३ प्रतिशतले बढेर १ अर्ब ९ करोड २५ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात २.९४ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ९९ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ८८५ काे आधारमा मूल्य आम्दानी अनुपात २४ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x