नेपाल बैङ्क र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि. बिच सम्झौता

नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैङ्कमा कार्यरत कर्मचारीहरू र कर्मचारीका परिवारका सदस्यहरूलाई भक्तपुर, वडा नं. ९, राधे राधे स्थित सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि. ले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैङ्क लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैङ्कमा कार्यरत कर्मचारीहरू र कर्मचारीका परिवारका सदस्यहरूलाई प्याथोलोजि ल्याबको विविध सेवा शुल्कहरूमा डिजिटल कारोबारहरूमा मात्र लागू हुने गरी बिल रकमको २० प्रतिशत देखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा मिति २०८२ फाल्गुन ०८ गते बैङ्कको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि. को तर्फबाट ल्याब निर्देशक वेद प्रकाश मिश्रले हस्ताक्षर गर्नु भएको छ । यसबाट नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैङ्कमा खाता रहेका ग्राहकहरू डायग्नोस्टिक सेन्टरको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x