धौलागिरि लघुवित्तको नाफा ४५ लाख ५५ हजार, प्रतिशेयर आम्दानी कति ?

धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५३.१९ प्रतिशतले घटेको छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा लघुवित्तले ९७ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा लघुवित्तले  ४५ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१० करोड ३१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको धौलागिरि लघुवित्तले १ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, धौलागिरि लघुवित्तले ६१ करोड ३० लाख रुपैयाँ सापटी लिएको छ ।

धौलागिरि लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४.६९ प्रतिशतले घटेर २ करोड २३ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ५.८७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८३ पैसा छ र पछिल्लो कारोबार मूल्य रु १९८.१० को आधारमा मूल्य आम्दानी अनुपात ११.२१ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x