गणपति लघुवित्तको नाफा १ करोड १३ लाख

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ४.५६ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले १ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा लघुवित्तले १ करोड १३ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१५ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको गणपति लघुवित्तले ५७ करोड ९९ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी २ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, गणपति लघुवित्तले १ अर्ब ७४ करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २ करोड ६४ लाख र सञ्चित मुनाफा २ करोड ८७ लाख रुपैयाँ रहेको छ ।


गणपति लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २१.५१ प्रतिशतले घटेर ५ करोड ६ लाख रुपैयाँ छ भने लघुवित्तको वितरणयोग्य मुनाफा ८८ लाख ५० हजार रुपैयाँ रहेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.८४ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ४० पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ८५६ को आधारमा मूल्य आम्दानी अनुपात ५७.१८ गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x