तेह्रथुमको छथरमा उद्यमशीलता विकास तालिम

नबिल बैङ्कले कोसी प्रदेश अन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिएको छ । राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैङ्कबिच भएको त्रिपक्षीय समझदारी अनुसार एक साता लामो तालिम प्रदान गरेको नबिल बैङ्कले जनाएको छ ।

२०८० वैशाख १० गतेदेखि १६ गतेसम्म सो तालिम उपलब्ध गराएको हो ।  स्थानीय युवा, महिला, विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक स्थानीय व्यक्तिहरूलाई साथ दिन यो तालिम सहयोगी हुने अपेक्षा राखेको छ । उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्‍याइ देश भित्रै उद्यम प्रवर्द्धन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्यका साथ यो तालिम दिएको हो ।  नबिल दिगो बैङ्किङ अवधारणा अनुरूप सामाजिक उत्तरदायित्व बहन गर्दै नबिल बैङ्कले यस कार्यक्रममा आफ्नो आबद्धता जनाएको हो ।

उक्त कार्यक्रममा छथर गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख लगायत नबिल बैङ्कका तर्फबाट कोसी क्लष्टर प्रमुख तोपप्रसाद अगस्ति र छथर शाखा प्रमुख कृष्णकुमार साहको उपस्थिति रहेको थियो । उक्त ७ दिने तालिम कार्यक्रममा ५७ स्थानीय उद्यमीहरू सहभागी थिए ।

नबिल बैङ्कका एसएमई, लघुवित्त तथा दिगो बैङ्किङ प्रमुख, निरज कुमार बस्नेत डनिलले उद्यमी बन्न चाहनेको लागि उद्यमशीलतामा क्षमता वृद्धि तथा वित्तीय साक्षरताको लागि सो तालिम सहयोगी हुनुका साथै उद्यमशीलता विकास र स्वरोजगार प्रवर्द्धनमा नबिल बैङ्कको सधैँ साथ रहने जानकारी गराउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x