सेञ्चुरी बैंकले आज १२ औँ वार्षिक साधारण सभा गर्दै



सेञ्चुरी बैंक लिमिटेडले यही पौष १४ गते (आज) १२ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा बिहान ९:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष (आ.व) २०७८/०७९ को कायम चुक्ता पुँजीको ०.२५ प्रतिशतले हुन आउने रकम रु. २ करोड ३८ लाख ८४ हजार ७७३ रुपैयाँ बराबरकाे नगद लाभांश र ४.७५ प्रतिशतले हुन आउने रकम रु. ४५ करोड ३८ लाख १० हजार ६८६ रुपैयाँ ९५ पैसा बराबरकाे बोनस शेयर गरी जम्मा ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व २०७८/०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

यस सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रयोजनको लागि मूल्याङ्कनकर्ताबाट प्राप्त दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबार को मूल्याङ्कन प्रतिवेदनका आधारमा संयुक्त प्राप्ति समितिको सिफारिसमा यस बैंककाे सञ्चालक समितिले स्वीकृत गरे बमोजिम यस सेञ्चुरी कमर्सियलबैंकलिमिटेडको १०० कित्ता शेयर बराबर यसबैंकका शेयरधनीहरुलाई प्राप्ति पछि प्रभु बैंक लिमिटेडको १०० कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात १००:१०० मा एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न बिशेष प्रस्ताव पारित पनि सोही सभाले गर्नेछ ।

बैंकले साधारण सभाको प्रयोजनको लागि पौष ०४ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा पौष ०३ गतेसम्म कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x