डाक्टर भगवान सँग मुक्तिनाथ विकास बैङ्कको सहकार्य

मुक्तिनाथ विकास बैङ्क लि.ले १६ औँ वर्ष  सफलतापूर्वक पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै प्रोफेसर एंवम डाक्टर भगवान कोइरालाको अध्यक्षतामा सञ्चालित गैर नाफामूलक संस्था Kathmandu Institue of Child Health सँग एक औपचारिक कार्यक्रम बिच सम्झौता गरेको छ । बैङ्कको तर्फबाट अध्यक्ष भरत राज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा. भगवान कोइरालाले हस्ताक्षर गर्नुभएको उक्त सम्झौता बमोजिम झापा जिल्ला दमक स्थित निर्माणाधीन बाल अस्पताल निर्माणको लागि बैङ्कले रु ५ लाख सहयोग गर्ने जनाएको छ ।

बैङ्कले गरेको सो सहयोगबाट बालबालिकाको  स्वास्थ्य  उपचारमा आवश्यक पर्ने पूर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताउनु भएको छ ।

साथै, बैङ्कले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैङ्कको ATM Card प्रयोग गरी नेपाल भरी रहेको VISA Network मा आबद्ध अन्य जुन सुकै बैङ्कको ATM Machine बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिटेन्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि : ९०१११००२२, कर्जा सेवाको लागि ९०१११००२३) आदि जस्ता सेवाहरू बैङ्कको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको सो बैङ्कले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x