आज शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले १४ औँ वार्षिक साधारण सभा गर्दै



शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क लिमिटेडले यही पौष २५ गते (आज) १४ औँ वार्षिक साधारण सभा गर्दै छ। बैङ्कले साधारण सभा ड्रिमल्याण्ड गोल्ड रिसाेर्ट एण्ड हाेटल प्रा.लि., मणिग्राम, रुपन्देहीमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७८/०७९ वार्षिक प्रतिवेदन उपर छलफल गर्ने छ भने आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।


सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम चुक्ता पुँजीको शून्य दशमलव ७० प्रतिशतले हुन आउने रकम रु. २ करोड ६४ लाख ६७ हजार ६३ रुपैयाँ १० पैसा बराबरको नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) र १३.३० प्रतिशतले हुन आउने रकम रु. ५० करोड २८ लाख ७४ हजार १९८ रुपैयाँ ९० पैसा बराबरको बोनस शेयर गरी जम्मा १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्नेछ ।

यस शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क लिमिटेड र अन्य बैङ्क तथा वित्तीय संस्था एक आपसमा प्राप्ति प्रयोजनको लागि उपयुक्त बैङ्क तथा वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नलाई मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान पनि सोही सभाले गर्नेछ ।

बैङ्कले साधारण सभाको प्रयोजनका लागि पाैैष १२ गतेदेखि पौष २५ गतेसम्मको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा पाैैष ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x