कृषि विकास बैंकमा राेजगारीकाे अवसर

कृषि विकास बैंक लिमिटेडमा रिक्त भएको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली २०७४, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन र कृषि विकास बैंक लि. प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्बन्धी कार्यविधि, २०७९ समेतलाई आधार मानी प्रमुख कार्यकारी अधिकृत पदका लागि देहायको न्यूनतम् शैक्षिक योग्यता र अनुभव प्राप्त गरेका इच्छुक योग्य नेपाली नागरिकहरुबाट सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र मिति २०७९ / १० / १५ सम्म (कार्यालय समय भित्र) बैंकको मुख्य कार्यालय काठमाडौं स्थित कम्पनी सचिवालयमा आवेदन दिन सम्बन्धित सबैको जानकारीको लागि बैंकले सूचना प्रकाशित गरेको छ।

Click here to join viber community for all Vacancy Updates.

१. न्यूनतम शैक्षिक योग्यता र कार्यअनुभवः
(क) व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको,
(ख) चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा दश वर्षको कार्यअनुभव हासिल गरेको, (ग) नेपाल राष्ट्र बैंकबाट प्रमुख कार्यकारी अधिकृतको लागि तोकेको योग्यता तथा मापदण्ड पुरा भएको ।

२.पेश गर्नुपर्ने कागजात तथा विवरणहरु:
(क) शैक्षिक योग्यता, अनुभव, सम्पर्क ठेगाना (इमेल, टेलिफोन, मोबाईल नम्बर, घर र कार्यालयको ठेगाना) सहितको विस्तृत बैयक्तिक विवरण (Bio Data) को प्रत्येक पानाको अन्तमा उम्मेदवारले दस्तखत गरी पेश गर्नु पर्नेछ ।
(ख) नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र तथा व्यावसायीक अनुभवको प्रतिलिपिहरु स्वयंले प्रमाणित गरी दरखास्त साथ पेश गर्नु पर्नेछ ।
(ग) प्रस्तुतीकरण तथा अन्तवार्तामा सहभागि हुने उम्मेदवारले आफ्नो शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्र एवं दरखास्त साथ पेश गरेका अन्य कागजातहरुको सक्कल प्रति पेश गर्नुपर्नेछ ।
(घ) उम्मेदवारले आफ्नो दरखास्त साथ कृषि विकास बैंक सम्बन्धी तोकिए बमोजिमको ढाँचामा व्यवसायिक कार्ययोजना ( Business Plan) (पाँचहजार शब्दमा नबढने गरी) तयार गरी चार प्रति ( Soft Copy) सहित) पेश गर्नु पर्नेछ ।
(ङ) आवेदकले दरखास्तका साथ सेवारत निकाय भएमा दरखास्त पेश गर्दै गरेको अवस्थामा विभागिय स्वीकृती प्रदान गरिएको पत्र संलग्न गर्नु पर्ने छ ।
(च) बैंकिङ्ग कारोवारको लागि आवश्यक पर्ने व्यबसायिक अनुभवको प्रमाण ।
(छ) बैंकिङ्ग वा वित्तीय व्यबसायको उच्चतहमा कार्य गरेको प्रमाण ।
(ज) विगतमा व्यबस्थापकीय रुपमा गरेका ३ वटा उल्लेखनीय (Outstanding) कार्यहरु ।

Click here to join viber community for all Vacancy Updates.

३.दरखास्त साथ निवेदक स्वयंले स्वघोषण गरी संलग्न गर्नुपर्ने विवरण :
दरखास्त साथ निवेदक स्वयंले देहाय बमोजिमको विवरण र कागजातहरु प्रमाणित गरी संलग्न गर्नु पर्नेछ :
(क) कुनै राजनीतिक दलको सदस्य नभएको,
(ख) यस बैंक सँगको ठेक्का पट्टा वा कुनै चलअचल सम्पत्ति सम्बन्धी कारोवारमा आफै वा आफ्नो परिवारका कुनै सदस्यको संलग्नता नभएको वा यस बैंकसँग निजी स्वार्थ नभएको,
(ग) आफ्नो नाममा व्यक्तिगत बेरुजु बाँकी नरहेको,
(घ) भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, बैंकिङ्ग कसूर वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहर नभएको,
(ङ) टाट नपल्टेको वा भ्रष्टचार वा बेईमानी वा जालसाजिको आरोपमा सजाय नपाएको एवं दामासाहीमा नपरेको,
(च) नियतवस बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी प्रचलित कानून बमोजिम कालोसूचीमा नपरेको,
(छ) कुनै प्रकारको कर नतिरि बाँकी बक्यौता नभएको ।
(ज) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशन, २०७८ तथा अन्य प्रचलित नेपाल कानूनद्वारा अयोग्य नरहेको ।

४.व्यवसायिक कार्ययोजना पेश गर्नुपर्नेः
उम्मेदवारले दरखास्त साथ पेश गर्ने व्यवसायिक कार्ययोजना ( Business Plan) तयार गर्दा प्रमुख कार्यकारी अधिकृतको लागि तोकिएको अनुसूची- ३ क र ख बमोजिमको कार्यक्षेत्रगत तथा वित्तीय सूचाङ्क शर्त (TOR) समेतका आधारमा देहायका कुराहरु र व्यवसायिक योजना तयार गर्दा वित्तीय सूचाङ्कका हकमा कृषि विकास बैंकको ५ वर्षे रणनीति योजना र आर्थिक वर्ष २०७९ / ८० को मौद्रिक नीतिले अपेक्षा गरेको वृद्धि दरलाई न्युनतम आधार मानी प्रक्षेपण गरी तयार पारिएको हुनु पर्नेछ ।
व्यबसायिक योजनाको संचरना निम्न अनुसार हुनु पर्ने छ ।
कार्यकारी साराशं
परिचय खण्ड :

(क) बैंकको संक्षिप्त परिचय
(ख) बैंकको कार्य संचालनको वर्तमान अवस्था
समस्या पहिचान खण्ड :
(क) विद्यमान अवस्थामा पुग्नुका कारणहरुको पहिचान (Identification of reasons behind the current status of the bank.) (ख) बैंकको विद्यमान अवस्थामा देखिएका सबल पक्ष, दुर्बल पक्ष एवं अवसर र चुनौतीहरुको विश्लेषण (SWOT Analysis)
विश्लेषण खण्ड :
(क) पहिचान गरिएका क्षेत्रहरुको विश्लेषण र रणनैतिक सुधार गर्नु पर्ने क्षेत्रहरुको विश्लेषण (Analysis of Identified reasons and Major areas of strategic reform)
(ख) मुनाफा अभिबृद्धि (Profitability enhancement), प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि (Competitive capacity building), समस्त बैकिङ्ग बजार, मानव संसाधन व्यवस्थापन (Human resource management), वित्तीय व्यवस्थापन, संस्थागत शुसासन सुदृढिकरण, ग्राहक सम्बन्ध, प्रशासकीय शिरोभार खर्च घटाउनका लागि विशेष व्यवस्था (Austerity measures)।
(ग) Credit growth and Credit Risk Mitigation
(घ) Loan Recovery Strategy
(ङ) Investment Strategy (Trade Financing Strategy )
(च) Loan Concentration and Diversification Strategy
निष्कर्ष सहितको कार्यान्वयन कार्ययोजना खण्ड
विश्लेषण खण्डमा विश्लेषण गरिएका विषयहरु तथा स्रोत परिचालन समेत समावेश भएको समय सारिणी कार्ययोजना |
व्यवसायिक योजना नेपाली वा अंग्रेजी भाषामा ४ (चार) प्रति तयार गर्नु पर्ने छ । व्यवसायिक योजना तोकिएको मिति र समयमा सर्ट लिष्टमा परेका उम्मेदवारले प्रस्तुती समेत गर्नु पर्नेछ ।

Click here to join viber community for all Vacancy Updates.

५.छनौट प्रक्रिया :
(१) उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा उम्मेदवारहरु मध्ये सम्भव भएसम्म पाँच जना उम्मेदवारलाई सर्ट लिष्टिङ्ग गरी व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि छनौट गरिनेछ ।
(२) उपदफा (१) अनुसार छनौट भएका उम्मेदवारहरु मध्ये शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन, प्रस्तुतीकरण तथा अन्तर्वार्ता समेतको अङ्कको आधारमा उच्चतम अङ्क प्राप्त गर्ने कम्तीमा तीन जनालाई वर्णानुक्रमको आधारमा सिफारिस गरिनेछ ।

६.पारिश्रमिक सम्बन्धी विवरण
प्रमुख कार्यकारी अधिकृतलाई करारमा उल्लेख भए बमोजिमका सर्तहरुका आधारमा मासिक पारिश्रमिक रु. ४ लाख र कार्यसम्पादनमा आधारीत प्रोत्साहन रकम तथा अन्य सुविधाहरु प्रदान गरिनेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
७.अन्य विवरण
(१) प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्बन्धी कार्यविधि, २०७९ र कार्य क्षेत्रगत सर्त (TOR) तथा व्यावसायिक योजनामा समावेश गर्नुपर्ने विषयका सम्बन्धमा आवश्यक सूचना यस बैंकको Website: www.adbl.gov.np बाट हेर्न वा प्राप्त गर्न सकिनेछ ।
(२) दरखास्त पेश गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण (Biodata) र २ प्रति पासपोर्ट साईजको फोटो तथा व्यावसायिक कार्ययोजना खामवन्दी गरी पेश गनु पर्नेछ । खामबन्दी प्रस्तावको खाम बाहिर " कृषि विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन ( व्यावसायिक कार्ययोजना ) ” उल्लेख गरेको हुनुपर्नेछ ।
(३) यो सूचना बमोजिम प्राप्त भएका दरखास्त बैंकले कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्नेछ ।
(४) झुट्ठा विवरण वा कागजात पेश गरेमा आवेदन रद्द हुनुका साथै प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
(५) यस सम्बन्धी थप जानकारी बैंकको कम्पनी सचिवालयमा स्वयं आएर वा फोन नं. ०१-४२६४०१६ ९८५१३२२९९० मा सम्पर्क गरी लिन सकिनेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
कृषि विकास बैंक लि.
मुख्य कार्यालय, रामशाहपथ, काठमाडौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

42.86%
0.00%
0.00%
14.29%
35.71%
7.14%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x