सिभिल बैङ्कको खुद ब्याज आम्दानीमा ५३.९० प्रतिशतको वृद्धि, निष्क्रिय कर्जा अनुपात कति ?

सिभिल बैङ्कको नाफा २६.३९ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा बैङ्कले ५० करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा बैङ्कले ६३ करोड ७० लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

९ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिभिल बैङ्कले ९४ अर्ब ७१ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ८४ अर्ब ०८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २ अर्ब ८२ करोड रुपैयाँ र सञ्चित मुनाफा ४३ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५३.९० प्रतिशतले बढेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । बैङ्कको निष्क्रिय कर्जा अनुपात २.४१ प्रतिशत र प्रतिशेयर आम्दानी १४ रुपैयाँ ०४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ९६ पैसा र पछिल्लो कारोबार मूल्य रु. २३३.१० को आधारमा मूल्य आम्दानी अनुपात १६.६० गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x