साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल माघ २६ गते, बिहीवारको दिन बसेको सञ्चालक समितिको ३०८ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई ८.९८३ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ८.५३४ प्रतिशतले हुन आउने रकम रु. २५ करोड ६९ लाख २२ हजार ५४ रुपैयाँ ७१ पैसा बराबरको बोनस शेयर र ०.४४९ प्रतिशतले हुन आउने रकम रु. १ करोड ३५ लाख २२ हजार २१३ रुपैयाँ ४० पैसा बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा ८.९८३ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडले जानकारी दिएको छ ।


प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडले चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.५२६३ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो ।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x