महिला लघुवित्तको खुद ब्याज आम्दानीमा ३.४० प्रतिशतको गिरावट

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ४६.०९ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ८ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१४ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको महिला लघुवित्तले १ अर्ब ३८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ४ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले जगेडा कोषमा १६ करोड ७५ लाख र सञ्चित मुनाफा १२ करोड ४१ लाख रुपैयाँ रहेको छ ।


महिला लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३.४० प्रतिशतले घटेर १४ करोड ३७ लाख रुपैयाँ छ भने लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड ६९ लाख रुपैयाँ रहेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.३७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ७९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २९७ रुपैयाँ ७८ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ४१४० को आधारमा मूल्य आम्दानी अनुपात ६७.०० गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x