ग्लोबल आइएमई बैङ्कद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग

ग्लोबल आइएमई बैङ्क लिमिटेडले बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरू उपलब्ध गराई सहयोग गरेको छ ।

श्री पञ्चमीको अवसरमा आयोजित एक कार्यक्रमकबीच बैङ्कको बाग्मती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवालीले चितवन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाई दराज, कापी लगायतका विभिन्न शैक्षिक सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो ।


बैङ्कले उपलब्ध गराएका शैक्षिक सामग्रीहरू विद्यालयले विभिन्न कक्षामा अध्ययनरत गरिब तथा जेहनदार बिद्यार्थीहरुलाई वितरण गरेको छ ।

ग्लोबल आइएमई बैङ्कले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता कार्यक्रमहरूको आयोजना गरी आम नागरिकहरूलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।


कार्यक्रममा बैङ्कका शहिदचोक शाखा प्रमुख लक्ष्मण पौडेल, सञ्चालन अधिकृत हेम बहादुर गुरुङ लगायत बैङ्कका कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x