मिथिला लघुवित्तको नाफा ४२ लाख ६३ हजार, प्रतिशेयर आम्दानी कति ?

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ७८.५८ प्रतिशतले घटेको छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा लघुवित्तले १ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा लघुवित्तले  ४२ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१७ करोड ४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको मिथिला लघुवित्तले २ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, मिथिला लघुवित्तले १ अर्ब २६ करोड रुपैयाँ सापटी लिएको छ ।


मिथिला लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३०.६३ प्रतिशतले घटेर २ करोड ३१ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.९७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १० रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ३७ पैसा छ र पछिल्लो कारोबार मूल्य रु १०६१.१० को आधारमा मूल्य आम्दानी अनुपात १०६.११ गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x