धाैलागिरी लघुवित्तको नाफामा ८३.७० प्रतिशतको गिरावट

धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ८३.७० प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले २ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ३४ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१० करोड ३१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको धाैलागिरी लघुवित्तले ६८ करोड ६२ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी १ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले जगेडा कोषमा ६ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

धाैलागिरी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १२.४२ प्रतिशतले घटेर ४ करोड ५२ लाख रुपैयाँ रहेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ७.६९ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ८० पैसा छ र पछिल्लो कारोबार मूल्य रु. १२७४ को आधारमा मूल्य आम्दानी अनुपात १८७.६२ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x