लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर आज देखि लिलामीमा


ज्ञानमाण्डू। कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर जेठ १३ गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएकाे छ।

लिलामी मार्फत विक्री हुन लागेकाे कम्पनीकाे १ लाख २२ हजार कित्ता शेयरकाे मूल्य प्रति कित्ता न्युनतम रु.२०० तोकिएको छ। उक्त संस्थापक शेयरहरु खरीद गर्ने इच्छुक विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले जेठ २७ गते सम्ममा बोलपत्र आवेदन पेश गर्न सक्ने कम्पनीले जनाएकाे छ।

बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ र आवेदकले तोकिएको वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने कम्पनीले बताएकाे छ ।

यस कम्पनीको बिक्रि प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x