महासङ्घको कार्यकारिणी समिति सदस्यमा युवा उद्यमी मनोज पौडेलको उम्मेदवारी

नयाँ नेतृत्व चयनका लागि चैत २९ गते हुने नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को निर्वाचनका लागि युवा उद्यमी तथा आध्यान्त फन्ड एन्ड म्यानेजमेन्ट लिमिटेडका संस्थापक मनोज पौडेलले एसोसिएट्सतर्फबाट सदस्य पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

लन्डन स्कुल अफ इकोनोमिक्स बाट एम एस्सी गर्नुभएका पौडेलसँग सरकारी र निजी दुवै क्षेत्र सहित प्राइम कमर्सियल बैङ्कको सञ्चालक, काठमाडौँ टेक्निकल स्कुलको सह-संस्थापक, इन्स्टिच्युट फर गभर्मेन्ट एन्ड पब्लिक अफेयर्सका सह-संस्थापक, आध्यान्त फन्ड म्यानेजमेन्टका संस्थापकदेखि लिएर विकास साझेदारहरूका लागि अर्थशास्त्रीको रूपमा काम गरेको समेत अनुभव रहेको छ।

पौडेलले देशभरिका व्यवसायको पक्षमा काम गर्ने उद्देश्यसहित कार्यकारिणी समिति सदस्यको उम्मेदवारी घोषणा गरेको बताउनु भएको छ।

यस्तो छ पौडेलको योजना :

पहुँचयोग्य र सुलभ लगानी – विकासका लागि नयाँ अवसर

– भेन्चर क्यापिटल र प्राइभेट इक्विटी जस्ता विविध वित्तीय विकल्पहरूमा पहुँच विस्तार ।
– न्यायपूर्ण वित्तीय र बैङ्किङ अभ्यासहरूको पक्षमा काम ।
– सार्वजनिक निजी साझेदारीको माध्यम बाट नवीन र दिगो अवसरहरू सिर्जना ।
– अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिले स्थापना गरेको एफडीआई हेल्पडेस्कको प्रभावकारी  सञ्चालन।

सबैको सशक्तीकरण – ठुलो होस् वा सानो

– स्टार्टअपदेखि स्थापित व्यवसायहरूसम्म सबै व्यवसायहरूको वृद्धिको लागि सहयोग ।
– युवा उद्यमीहरूलाई स्टार्टअप(अनुकूल नीतिहरू र सोही अनुरूपको साथ ।
– नेपालमा जो कोहिले व्यवसाय गर्ने प्रक्रियालाई सहज र सरल बनाउन मेहनत।
– प्रत्येक प्रदेशमा व्यवसाय सहायता, विकास र वृद्धि केन्द्रहरूको स्थापना ।

स्मार्ट समाधान – समस्या समाधान गर्न डेटामा आधारित निर्णय

– प्रमाणमा आधारित नीतिहरूको लागि वकालत गर्न सार्वजनिक नीति विशेषज्ञताको उपयोग
– व्यवसायीको पक्षमा सूचित निर्णय लिनको लागि अनुसन्धानको साथ ।
– चुनौतीहरू पहिचान गरी डेटामा आधारित समाधानहरूको विकास ।
– उद्योगहरूले सामना गर्नुपरेका समस्याहरू समाधान गर्न सरकारी निकायहरूसँग सहकार्य ।

टीमवर्क – सहकार्यमा शक्ति

– व्यवसाय गर्नका लागि सहयोगी वातावरण सिर्जना गर्न सरोकारवाला, व्यवसाय, बैङ्क, सरकार, विकास साझेदार सबैलाई एकजुट बनाउने माहौल सिर्जना ।
– महासङ्घ र यसका सदस्यहरूबिच कम्युनिकेसनमा सुधारी आवाज सुन्ने र अप्ठ्याराहरू समाधान ।
– महासङ्घको मिसनलाई अघि बढाउन महासङ्घका अध्यक्ष तथा निर्वाचित पदाधिकारीहरूलाई पूर्ण सहयोग ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x