मुक्तिनाथ विकास बैङ्कद्वारा बचतकर्ताको परिवारलाई दुर्घटना बीमा बापत रु १० लाख हस्तान्तरण

मुक्तिनाथ विकास बैङ्क लि.ले सवारी दुर्घटनामा परि ज्यान गुमाउनु भएका स्थायी ठेगाना कोहलपुर न.पा. ११ को  स्व. जय प्रकाश घर्ती को परिवारलाई बीमा दाबी भुक्तानी बापत रु १० लाख उपलब्ध गराएको छ । निजले सो बैङ्कमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्नु भएको कारण वहाँको परिवारले आज बीमा दाबी भुक्तानी बापत केही राहत पाएका हुन् । बैङ्कले सिद्धार्थ इन्स्योरेन्स लिमिटेड सँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो ।

बैङ्कले २०८० साल वैशाख १३ गते बुधवारका दिन कोहलपुर न.पा. ११ नं. वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त बीमा दाबी भुक्तानी बापतको रु १० लाखको रकम मृतकको श्रीमती सलिना वली घर्तीलाई हस्तान्तरण गरेको छ । उक्त रकम बैङ्कका क्षेत्रीय प्रमुख विजय के.सी र वडा अध्यक्ष श्रीमती कल्पना शर्माले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो । सोही कार्यक्रममा अन्य जनप्रतिनिधि , पत्रकार महासङ्घ बाँकेका अध्यक्ष दामोदर भण्डारी, बैङ्कका कर्मचारीहरू र स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो । हाल बैङ्कको परिवार लक्षित रु १ करोड १ लाख सम्मको बीमा सुविधा दिने मुक्तिनाथ आर्सीवाद बचत खाता पनि निकै लोकप्रिय रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x