हिमालयन बैङ्क लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बिच स्मार्ट पे आइबीएफटी (इन्टर बैङ्क फन्ड ट्रान्सफर) अन्तर बैङ्क रकम स्थानान्तरण सेवा सञ्चालन तथा सहकार्यसम्बन्धी सम्झौता भएको छ।
सम्झौतासँगै हिमालयन बैङ्क एससीटीको स्मार्ट पे नेटवर्कमा आबद्ध भएको छ। अब बैङ्कका ग्राहकले स्मार्ट पे आइबीएफटी मार्फत विभिन्न बैङ्क तथा वित्तीय संस्थामा रहेका खाताबिच सहज, सुरक्षित र प्रभावकारी रूपमा रकम स्थानान्तरण गर्न सक्नेछन्।
एससीटीले विकास तथा सञ्चालन गर्दै आएको स्मार्ट पे आइबीएफटी बैङ्क तथा वित्तीय संस्था, वालेट र रेमिटेन्स कम्पनीबिच डिजिटल माध्यमबाट रकम स्थानान्तरण गर्न सहजीकरण गर्ने सेवा हो। यस सेवाले विभिन्न वित्तीय संस्थाबिच अन्तर आबद्धता कायम गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउन सहयोग गर्दै आएको एससीटीले जनाएको छ।
सम्झौतापछि हिमालयन बैङ्कका ग्राहकलाई अन्य बैङ्क तथा वित्तीय संस्थामा रकम पठाउन तथा प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ। साथै, यस सेवाले डिजिटल माध्यमबाट हुने वित्तीय कारोबार विस्तार गर्न र वित्तीय पहुँच बढाउन सहयोग पुग्ने जनाइएको छ।
नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटीले नेपालकै पहिलो स्वदेशी कार्ड एससीटी कार्डको सुरुवात गरेको जनाएको छ। कम्पनीले हाल विभिन्न बैङ्क तथा वित्तीय संस्था, वालेट कम्पनी, रेमिटेन्स कम्पनी तथा सहकारी संस्थालाई समेटेर विभिन्न भुक्तानी सेवा सञ्चालन गर्दै आएको छ।
एससीटीले एससीटी युनियनपे, भिसा, मास्टर कार्ड, नेपालपे, डिस्कभर तथा रुपे कार्ड जारी तथा स्वीकार गर्ने सञ्जाल सञ्चालन गर्दै आएको छ। त्यस्तै, एटिएम, पोइन्ट अफ सेल (पीओएस), इन्टरनेट तथा मोबाइल बैङ्किङ, स्मार्ट क्युआर र रकम स्थानान्तरणलगायतका सेवा पनि कम्पनीले उपलब्ध गराउँदै आएको छ।
हिमालयन बैङ्क र एससीटी बिच स्मार्ट पे आईबीएफटी सम्झौता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
