आज देखि सिटि हाेटलकाे आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?



सिटि हाेटल लिमिटेडले वैशाख २५ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० र दरखास्त दिन पाउने अधिकतम कित्ता २ हजार सम्म रहेको छ ।

कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् प्रति शेयर रु. १०० अङ्कित दरका १६ लाख ७४ हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्टाएको, ५ प्रतिशत अर्थात् ८३ हजार ७०० कित्ता साधारण शेयर सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता साधारण शेयर कम्पनीका कर्मचारीलाई छुट्टाई बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरी बिक्री गर्न लागेको हो ।

सो कम्पनीको साधारण शेयर निष्कासन बन्द हुने मिति (छिटोमा) वैशाख २८ गते  रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा जेठ ०८ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितो पत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यलयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर "मेरो शेयर" अनलाइन प्रयोग गरी सी- आश्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।

सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x