यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू



साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ५१ दशमलव ३१ अङ्कले बढेर १९४२ दशमलव ६३ को विन्दुमा कायम भएको छ। आज कूल २७१ कम्पनीहरूका ६० लाख ६७ हजार ४३२ कित्ता शेयर रु. २ अर्ब २० करोड २३ हजार ९४५ मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १० करोड ०५ लाख १५ हजार ४३९ बराबरको शेयर कारोबार भयो । त्यस्तै, नेपाल टेलिकमको शेयर रु. ८ करोड ९९ लाख २७ हजार ९४५ बराबरको शेयर कारोबार भएको छ।

यता, एनआईसी एशिया बैङ्क लिमिटेडको रु. ७ करोड २३ लाख ६१ हजार २१३ कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको रु. ७ करोड १९ लाख ९७ हजार २३३ र हिमालयन डिस्टिलरी लिमिटेडको रु. ६ करोड ७९ लाख ०६ हजार ३७५ बराबरको शेयर कारोबार भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x