आइएमई ग्रुपद्वारा सञ्चालित केबलकार कम्पनीहरू चन्द्रागिरि हिल्स, मौलाकालि केबलकार र लुम्बिनी केबलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरूलाई केबलकारको टिकट मूल्यमा २० प्रतिशत छुट दिने भएका छन् । आज सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तिन वटै केबलकार कम्पनीहरूले छुट प्रदान सम्बन्धी सम्झौता गरेका हुन् ।
सम्झौता अनुसार, बाहालवाला सशस्त्र प्रहरी कर्मचारीहरू,अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू, आश्रित परिवारहरू साथै नेपाल एपी एफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले केबलकार टिकट मूल्यमा  २० प्रतिशत छुट प्राप्त गर्ने छन् ।
सशस्त्र प्रहरी बलको कल्याकारी योजना अन्तर्गत भएको सो सम्झौता बमोजिम सो छुट प्राप्त गर्न बाहालवाला सशस्त्र प्रहरी कर्मचारीहरूले सम्बन्धित कार्यालयले प्रदान गरेको परिचय पत्र ,अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूले पेन्सन पट्टा तथा आश्रित परिवारहरूले नाता प्रमाणित कागजात देखाउनु पर्नेछ ।
सम्झौता पत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रविण कडेंल र मौलाकाली तथा लुम्बिनी केबलकारका तर्फबाट कम्पनीका प्रतिनिधि रुद्र पौडेल, चन्द्रागिरि हिल्सका तर्फबाट महाप्रबन्धक सञ्जीव थापाले हस्ताक्षर गर्नु भएको छ ।
हस्ताक्षर समारोहमा आइएमई अन्तर्गतको वेस्ट रिसोर्टका निर्देशक अभिषेक विक्रम शाह लगायत आइएमई ग्रुप तथा सशस्त्र बलका  प्रतिनिधिहरूको सहभागिता थियो ।
 
सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरूलाई चन्द्रागिरि, मौलाकालि र लुम्बिनी केबलकारको टिकटमा विशेष छुट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
 
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                             
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                             
                                                                                             
                                                                                             
                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            