तिज सप्ताहान्न उत्सवको समुद्घाटन महानायक राजेश हमालले गर्ने

पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा भाद्र १५ देखि शुभारम्भ हुने “तिज सप्ताहन्न उत्सवको” समुद्घाटन नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमालले गर्ने भएका छन् । कार्यक्रम खड्गदेवी मन्दिर परिसरमा आयोजना गरिएको छ । नेपाल कै ठुलो पुरस्कार राशी राखी खुल्ला तीज गीत प्रतियोगिता, सांस्कृतिक कन्सर्ट, सांस्कृतिक झाँकी प्रदर्शनी र स्थानीय कला संस्कृतिको प्रस्तुति समेत सप्ताहन्न उत्सवको मुख्य आकर्षण रहेका छन् ।

१५ गते बिहान केवलकारचोकमा भगवान् शिव जिको विशेष पूजा गरी केबलकार जात्रा सुरु गरिनेछ र खड्गदेवी मन्दिर पुगेर विशेष पूजा गरी दिउसो १ः०० बजे औपचारिक रूपमा भव्य उद्घाटन कार्यक्रम समारोह रहेको कुरा कार्यक्रम संयोजक किरण पोख्रेलले बताउनुभएको छ ।

कार्यक्रम उल्लासय रूपमा बन्दीपुरलाई चिनाउने गरी तयार गरिएको आयोजकले दाबी गरेको छ । पहिलो पटक बन्दीपुरका सबै सङ्घ संस्थाहरू मिलेर आयोजन गरिएको यस कार्यक्रमको संरक्षण बन्दीपुर गाउँपालिका आफैले गरेको छ । कार्यक्रमको मुख्य व्यवस्थापन बन्दीपुर केबलकार एण्ड टुरिजम लि. ले गरेको छ । पुरस्कारको प्रायोजन चन्द्र निर्माण सेवा प्रा.लि., डिजाईन स्टेशन प्रा.लि., केज कन्सल्टेन्ट प्रा.लि., विज बजार लि. लगायत कम्पनीले गरेका छन् र बन्दीपुरका सबै सङ्घ संस्थाहरू र स्थानीय बासीहरूले आर्थिक सहयोग दिने घोषणा गरेका छन् । उद्घाटन सत्र पछि साँझ हुने भव्य सांस्कृतिक कन्सर्टको लागि काठमाण्डौबाट आएकी चर्चित गायिका रीता के.सी. को मुख्य प्रस्तुति र अन्य कलाकारहरू समेतको बेजोड प्रस्तुति रहने छ । यस अवसरमा सहभागीहरूलाई बन्दीपुरको केबलकारमा दोहोरो सवारीमा रु.३५० मा चढ्ने व्यवस्था गरिएको छ । साथै कार्यक्रमको सहयोगको लागि प्रति टिकट रु.२५ रुपैयाँ दिने केबलकार कम्पनीले घोषणा गरेको छ । प्रत्येक दिन साँझ सांस्कृतिक कार्यक्रम र दिव्य महाआरती हुने आयोजकले बताएको छ । कार्यक्रम २२ गते सम्म निरन्तर सञ्चालन हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x