बिग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १०% अतिरिक्त छुट

विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बिग मार्टको चौधौँ वार्षिकोत्सवको सु–अवसरमा स्मार्ट क्युआर ले बिग मार्ट सँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ ।

सो छुट अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु १५० सम्म अतिरिक्त छुट प्राप्त गर्ने छन् । सो योजना असार १६, २०८० देखि साउन १५, २०८० सम्म रहने छ भने छुट अवधिभर हरेक ग्राहकले रु ५०० सम्म छुट लिन सक्ने छन् ।

स्मार्ट क्युआर मा आबद्ध विभिन्न बैङ्क तथा वित्तीय संस्थाका ग्राहकहरूले बिग मार्टको सम्पूर्ण शाखाहरूमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।

सो अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैङ्क, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैङ्क (HI-MB), एभरेस्ट बैङ्क, कामना सेवा विकास बैङ्क, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, यान क्याश साथै विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सक्ने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x